आईपीएल खेल्न युएई पुगे सन्दीप

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी खेल्ने नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् । दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका हुन् ।

दिल्लीले सन्दीप युएई आईपुगेको जनाएको छ । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई पुगेका हुन् । सीपीएलमा सन्दीपले ११ खेलमा कुल १२ विकेट लिएका थिए । युएई पुगेपछि सन्दीप क्वारेन्टिन बसेका छन् । सन्दीपले सामाजिक संजालमा आफु क्वारेन्टिनमा बसेको बताएका छन् ।

दिल्लीले किङ्स इलाभेन पन्जाबसँग सेप्टेम्बर २० मा पहिलो खेल खेल्नेछ । जुन खेल सन्दीपले गुमाउने सम्भावना रहेको छ । १३ औं आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । कोरोना माहामारीको कारण भारतमा संभव नभएपछि आईपीएल युएईमा आयोजना गर्न लागिएको हो ।

Leave a Comment