एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाका कप्तान ज्याक ग्रिलिसले क्लबसँग नयाँ सम्झौता गरेका छन् । एस्टनले मंगलबार कप्तान ज्याकले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ । रिपब्लिक अफ आयरल्याण्डका ज्याकले एस्टनका लागि १ सय ५० भन्दा बढी खेल खेलिसकेका छन् ।
थप पाँच वर्ष बस्ने गरी कप्तान ज्याकले एस्टनसँग नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतासँगै ज्याक २०२५ सम्म एस्टनमा रहने छन् ।२५ वर्षीय ज्याक आठ वर्षको उमेरबाट एस्टनमा रहदै आएका छन् । उनले २०१३/१४ को सिजन भने नट्स काउन्टीबाट लोनमा खेलेका थिए ।