चेल्सीका पूर्व मिडफिल्डर ओला फुलहममा

एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले नाइजेरियन मिडफिल्डर ओला आइनालाई अनुबन्ध गरेको छ । चेल्सीका पूर्व मिडफिल्डर समेत रहेका ओलालाई फुलहमले लोनमा अनुबन्ध गरेको हो ।

फुलहमले २३ वर्षीय मिडफिल्डरलाई इटालियन क्लब टोरिनोबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । चेल्सीको एकेडेमीमा हुर्किएका ओला सन् २०१९ को जुलाईमा टोरिनो आएका थिए । त्यसअघि उनले हल सिटी र टोरिनोबाटै एक एक सिजन लोनमा खेलेका थिए ।

टोरिनोले फुलहमलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ । पहिलो खेलमा फुलहम आर्सनलसँग ३-० ले पराजित भएको थियो । फुलहमले प्रिमियर लिगमा हारबाट सिजनको सुरुवात गरिसकेको छ ।

Leave a Comment