एजेन्सी । बास्केटबल लिजेण्ड माईकल जोर्डनले प्रयोग गरेको जुत्ता कीर्तिमानी मूल्यमा बिक्री भएको छ । एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको ‘एयर जोर्डन १’ जुत्ता ५ लाख ६० हजार युरोमा बिक्री भएको छ ।
जुन मूल्य बास्केटबल जुत्ताको अक्सन इतिहासकै सर्वाधिक महँगो हो । सोथेबी नामक अनलाईन अक्सनबाट जोर्डनको जुत्ता महँगो मूल्यमा बिक्री भएको हो । उक्त जुत्ता नेटफ्लिक्सले बनाएको डकुमेन्ट्री ‘द लास्ट डान्स’ का लागि बनाईएको थियो ।
सिकागो बुल्सका पूर्व स्टार जोर्डनले क्लबका लागि ६ पटक एनबीए उपाधि जितेका थिए । सन् २००३ बाट उनले खेल जीवनबाट सन्यास लिएका थिए । ५७ वर्षीय जोर्डनले सिकागोबाट १५ सिजन खेलेका थिए ।